अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलमान र हितेन्द्रदेवको रिटको सुनुवाई सकियो, आजै आदेश आउने

कुलमान र हितेन्द्रदेवको रिटको सुनुवाई सकियो, आजै आदेश आउने


काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटको सुनुवाई सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई सकिएको हो। आजै अन्तरिम आदेशको निर्क्योल हुने जनाएको छ।  

कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन्।