अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना

प्रधानमन्त्री ओलीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।’

जैन दर्शन प्राचीन दर्शनमध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानवीय मूल्यमा आधारित दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राख्दै व्यक्ति सांसारिक विषयबाट बन्धनमा रहने र यसबाट मुक्त हुनुपर्ने मान्यता उल्लेख गर्नुभएको छ।

आध्यात्मिक अनुभवमार्फत यसले स्वतन्त्र व्यक्तित्व वा सम्पूर्णता प्राप्त हुने उहाँको भनाइ छ। ‘वेदको प्रामाणिकतालाई विश्वास नगरी सांसारिक कर्मबाट मुक्ति र सम्यक प्रषार्थ जैन दर्शनको मौलिक मान्यता हो, संसारमा दुःख रहेको र दुःखको मूल कारण कर्मलाई यस दर्शनले मान्ने गरेको छ’, उहाँले भन्नुभएको छ। रोग, द्वेष, मोह आदि विकार तत्त्वमाथि विजय प्राप्त गरेर तीर्थकङ्र बन्न सकिने धारणा यस दर्शनमा रहेको उहाँले उल्लेख गर्नुभएको छ।

सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्म जयन्ती मनाइँदै छ। विशेष गरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदै छन्। 

इसा पूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ ।