अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ। 

बिहान ११ बजेका लागि बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा जवाफ दिन गृहमन्त्री रमेश लेखक उपस्थित हुने भएका छन् ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।