अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइयो, म्याद लिन अदालत लैजाने तयारी

दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइयो, म्याद लिन अदालत लैजाने तयारी


काठमाडौं-तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ। प्रसाईँलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो। प्रसाईँलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाईँलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो। जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा प्रसाईँलाई हतकडी लगाइएको थियो ।


विमानमा चढाइसकेपछि भने प्रसाईँको हतकडी खोलिएको थियो। काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो।