अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब इतिहासको पांग्रा पछाडि फर्किँदैन: गोकुल बास्कोटा

अब इतिहासको पांग्रा पछाडि फर्किँदैन: गोकुल बास्कोटा


काठमाडौं-नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर क्लोज भइसकेको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल काभ्रेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्कोटाले सो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्षअघि नै क्लोज भइसक्यो। अब इतिहासको पांग्रा पछाडि फर्किँदैन।’

जनताको अधिकारहरू खोस्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ फर्काउन खोज्ने दुष्प्रयत्न गर्नलाई जनताले नदिने नेता बास्कोटाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा आफ्नो विचारहरू राख्न पाउँछन्। पूर्वराजाले पनि एउटा नागरिकको रूपमा कुनै एउटा विचार राखेका छन् भने त्यसप्रति हाम्रो आपत्ति छैन। तर, त्यो विचार समाजलाई विशाक्त बनाउने, जनताको अधिकारहरू खोस्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ फर्काउन खोज्ने दुष्प्रयत्न हो भने त्यसले जनताले कहिल्यै माफी दिने छैनन्।’