अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डले झुटको खेती गरिरहेका छन्: विष्णु रिमाल 

अध्यक्ष प्रचण्डले झुटको खेती गरिरहेका छन्: विष्णु रिमाल 


काठमाडौं-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झुटको खेती गर्न माहिर भएको बताउनुभएको छ।

बारम्बार रङ फेरेर सरकामा जाने अध्यक्ष प्रचण्डले आफू अरूसँग मिल्दा नैतिक हुने र अरू मिल्दा अनैतिक हुने भन्दै हिँडेको बताउँदै यो उहाँको छेपारे प्रवृत्ति भएको उपमहासचिव रिमालको धारणा छ। ‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँकै विशेषता हो’, उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ।

राजनीतिका सङ्गी फेर्नु अध्यक्ष प्रचण्डको राजनीतिक योग साधना नै भएको उहाँको धारणा छ। ‘उहाँले २०७४ मा कांग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,फेरि त्यो अवधिमा तीन–तीन पटक सत्तासङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो-जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्’, उहाँले भन्नुभयो ।