अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता


काठमाडौं-भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहेका शाहले यसअघि प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए।

प्रधानमन्त्री शाह आइतबार अपराह्न भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका थिए। नयाँ दिल्ली पुगेलगत्तै उनलाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेटेका थिए।

दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।