काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गर्नुभएको छ।
पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री समेत रहेका सचिव भट्टराईले समाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्नु्हुँदै सो दाबी गर्नुभएको हो। सचिव भट्टराईले आफूलाई यसमा मुछ्नेहरु नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गर्नुभएको छ।
‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेतितीको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु, ’सचिव भट्टराईले लेख्न भएको छ, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ।’

सचिव भट्टराईले आफूलाई औँला उठाउनेहरू नै पर्ने बताउनु भएको छ। उहाँले आफूलाई आरोप लगाउनेहरुकाे प्रमाण समेत भएकाे दाबी गर्नुभएको छ। ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौँला।’
सचिव भट्टराईले आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्न समेत चुनौती दिनुभएको छ।
सचिव भट्टराईले भन्नभएको छ, ‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ।’







प्रतिक्रिया