काठमाडौं-प्रेस चौतारी नेपालले लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंको भृकुटीमण्डपमा हुने जनताले जितेको दिन यूथ सेलिब्रेशनमा विशेष सहभागिता जनाउने भएको छ।
संगठनले सोमबार आयोजना गरेको उपत्यका स्तरीय बैठकमाले सो कार्यक्रममा प्रेस चौतारीको तर्फबाट कम्तीमा ४ सय जना पत्रकारले सहभागिता जनाउने निर्णय भएको संगठनका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो। ‘जनताले जितेको दिन अर्थात् वैशाख ११ को तयारीको लागि प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालयमा उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको बैठक राखेर विशेष योजना बनाएको छ, बैठकले यूथ सेलिब्रेशनको लागि ठोस योजना बनाएको छ, बैठकमा सहभागी उपत्यकाका ३ वटै जिल्ला, प्रतिष्ठानका ५ शाखा र एशोसियट शाखाका इञ्चार्ज, अध्यक्षसहित पदाधिकारी उपस्थिति थियो, वैशाख ११ मा प्रेस चौतारी नेपालका न्यूनतम ४ सय युवा सहभागी गर्ने योजना रहेको छ’, उहाँले भन्नुभयो।
कार्यक्रममा केन्द्रीय समिति र आयोगबाट १६० जना अनिवार्य सहभागी हुने उहाँले बताउनुभयो। त्यस्तै काठमाडौं जिल्ला समितिबाट ५० जना ललितपुर र भक्तपुरबाट २०/२० जना, उपत्यका र प्रतिष्ठान प्रदेशबाट ३०/३० जना, एसोसियटबाट ५० जना तथा वाग्मती प्रदेशका १० जिल्लाबाट ३० जना पत्रकारले प्रेस चौतारी नेपालको तर्फबाट कार्यक्रममा सहभागिता जनाउने पाण्डेले जानकारी दिनुभयो। कार्यक्रममा प्रेस चौतारी नेपालले तयार गरेको टिसर्ट तथा ब्यानर बोकेर प्रेस चौतारीको पहिचान सहित सहभागिता जनाइने उहाँले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल आफ्नो काम र अनुशासन पालनाको आधारमा नेकपा एमालेका जनसंगठनमध्ये पहिलो संगठन भएको बताउनुभयो ‘प्रेस चौतारी दोस्रो हुनका लागि जन्मिएको संस्था होइन, यसलाई संगठनभित्रकै र पार्टी भित्रका केही गलत तत्त्वले कहिलेकाहीँ कमजोर बनाउने काम गर्न सक्छन् तर यो संगठन कहिल्यै पराजित हुन्न,यो कुरा हामीले स्थापित गरेर आएका छौँ, अब पनि त्यो विरासत कायम राखेर काममा एक नम्बर बन्नै पर्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेतृत्वको प्रतिबद्धता र योजनालाई पूरा गर्ने काम सबै सदस्यको भएको बताउनुभयो । यो दायित्व पूरा गर्न सबै एकजुट हुनुपर्छ’, बस्नेतले भन्नुभयो ।
अध्यक्ष बस्नेतले अहिलेको नेतृत्वलाई सफल बनाएर संगठनभित्र गुटबन्दी हुन नदिनेतर्फ आफूसहितका सबै पूर्वअध्यक्षहरु सचेत रहेको बताउनुभयो। त्यस्तो काम कोहीबाट भए क्षमा दिन नसकिने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले अहिलेको युवा पुस्ता गणतन्त्र प्राप्तिको आन्दोलन र राजतन्त्रले गरेको अमानवीय कामबारे जानकार नभएकोले उनीहरूलाई बुझाउने काममा सबै पत्रकार, राजनीतिक दलका नेताहरू र सामाजिक कार्यकर्ता लाग्न जरुरी रहेको बस्नेतले बताउनु भयो । सोही अभिभारा पूरा गर्न नेकपा एमालेले बैशाख ११ गते यूथ सेलिब्रेशन आयोजना गरेको बताउँदै उहाँले कार्यक्रममा युवालाई सहभागी गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
जन्मजात अधिकारको कुरा आधुनिक र सभ्य समाजमा सम्भव नभएको बताउँदै उहाँले कतिपयले अहिले पनि यस्तो भ्रम छरिरहेका बताउनुभयो । बुझाउन नसकेकै कारण उनीहरूले राजतन्त्रको वकालत गर्न थालेका बताउँदै बस्नेतले अब राजतन्त्र चाहियो भन्दै म मान्छे होइन दास बन्छु भन्नेहरूलाई पनि सम्झाउने र बुझाउने काम पत्रकारले गर्नुपर्ने स्पष्ट पार्नुभयो
प्रतिक्रिया