अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा शपथ

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा शपथ


काठमाडौं-नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो।

नेकपा एमालेका सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको हो। यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिनुभएपछि उहाँको को स्थानमा पन्तलाई नियुक्त गरिएको हो।