अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वार्ताबाट शिक्षकको समस्या समाधानको प्रयास गर्छु: शिक्षामन्त्री पन्त

वार्ताबाट शिक्षकको समस्या समाधानको प्रयास गर्छु: शिक्षामन्त्री पन्त


काठमाडौं-नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा शिक्षामन्त्री पन्त शिक्षकहरुको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताउनुभयो।

शिक्षामन्त्री पन्त भन्नुभयो, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु। म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु। मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ। अहिले भन्ने त्यत्ति नै हो।’