अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक आन्दोलन आज पनि जारी

शिक्षक आन्दोलन आज पनि जारी


काठमाडौं-काठमाडौंको सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहनेछ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताउनु भएको छ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताउनु भयो। उहाँले भन्नुभएको छ, ‘आन्दोलन सबैको हो। आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुनेछन्। त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहिदिनु होला।’

उहाँले सडकको सफाइ, दुबो र बोटबिरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगर्न समेत अनुरोध गर्नुभएको छ।