अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री रघुजी पन्तलाई शैक्षिक सुधारका लागि एमाले नेता शेरबहादुर तामाङका ११ सुझावहरु

शिक्षामन्त्री रघुजी पन्तलाई शैक्षिक सुधारका लागि एमाले नेता शेरबहादुर तामाङका ११ सुझावहरु


काठमाडौं-नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई एमाले नेता  शेरबहादुर तामाङले शिक्षा क्षेत्रमा गर्नु पर्ने विभिन्न कामको बारेमा सुझाव दिनुभएको छ। 

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा सफलताको शुभकामना दिँदै उहाँले शिक्षा क्षेत्रमा गर्नुपर्ने कामका सन्दर्भमा ११ बुँदे सुझाव दिनुभएको छ । 

पन्त कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ भएको उल्लेख गर्दै तामाङले उहाँको स्पष्टता र निडरता आफूलाई असाध्यै मन पर्ने उल्लेख गर्नुभएको छ । पन्तका बोरेमा समाजमा मान्छेका अनेक थरी बुझाइ बाहिर आएका उल्लेख गर्दै तामाङले सकारात्मक बुझाइहरूलाई धन्यवाद भन्दै नकारात्मक बुझाइहरूलाई कामले जित्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘जिम्मेवारी पटक पटक आउँदैन आएको बेलामा गरेर देखाउने हो, तपाईँले अहिले यो अवसर प्राप्त गर्नुभएको छ, त्यसैले तपाईँले यो अवसरलाई  सदुपयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ’, सामाजिक सञ्जाल फेसबुकमा तामाङले लेख्नु भएको छ । 

यस्ता छन् शिक्षा क्षेत्रमा सुधार गर्नको लागि तामाङले दिनुभएका सुझावहरू : 

१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रूपमा तपाईँसँग लिखित रूपमा भेटमा  राख्नेछु ।)

२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने ।

३. विद्यालय शिक्षामा नेपाली मोरल एण्ड भ्यालुज पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

५. सम्भव भए डिप्लोमा पास गरे पछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला ।

६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला ।

७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्नुहोला ।

८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला । 

९. काम गर्दै छ पढ्दै छ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला ।

१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला ।

११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।

Skip This