काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।
बुधबार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो।
आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्री ओलीले बताउनु भयो। सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम शुरू गरेको जानकारी दिँदै उनले विद्यालय नर्स कार्यक्रम पनि सुरू भइसकेको प्रधानमन्त्री ओलीले बताउनु भयो।
प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३-२०३० मा महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेजलाई ३५.४ बाट ७० प्रतिशमा मा दोब्बर गर्ने प्रतिवद्धता जनाउनुभयो।
आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो।
प्रतिक्रिया