काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम संसार पोर्टलको शुभारम्भ गर्नुभएको छ।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को ओलीले शुभारम्भ गर्नुभएको हो।
श्रम तथा रोजगार सेवाहरुलाई जनताको घरदैलोमा पुर्याउनको लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पुर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन ‘श्रम संसार’ पोर्टल मन्त्रालयले विकास गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो। उहाँले यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासंगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन दिनुभएको छ।
श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रधानमन्त्री ओलीले आग्रह समेत गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण श्रमजीवी नेपालीहरुलाई हार्दिक शुभकामना दिनुभएको छ। विश्व श्रमिक संगठन – आइ.एल.ओ.ले सन् २०२५ ले तय गरेको “सेफ्टि एण्ड हेल्थ अफ वर्कर¸ डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क” को थिम नेपालको लागि पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।


प्रतिक्रिया