काठमाडौँ-नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ।
वैशाख १७ गते उहाँलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।
नेपाली काँग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया