काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा नेपाल र अजरबैजानबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाेमा खुशी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतिक्रिया