अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रश्न: ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ ?

प्रधानमन्त्रीको प्रश्न: ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ ?


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा-१० मा नै ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ भेर प्रश्न गर्नुभएको छ। 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो। 

 प्रधानमन्त्री ओलीले गत साल एसइईको परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै सो कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको पनि उपयुक्त काउन्सिलिङ र अवसर नपाइरहेको बताउनुभयो । ‘नेपाली विद्यार्थीहरू यति ट्यालेन्ट छन् । उनीहरू दुर्गमबाट आएर पढेका छन् । सबै विषयमा मानिसको उत्तिकै प्रतिभा हुँदैन विषयगत हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै
हिजो एक जना शिक्षकले मलाई गाली गर्दै गरेको सुनेँ, किन गाली गरेको मैले बुझेको छैन। उहाँसँग न मेरो भेट भएको छ, उहाँले देख्या पनि छैन होला। तर गाली किन गर्‍या, कसले सिकायो कसले पढायो थाहा छैन। फेसबुक मात्रै हेर्नुहुन्छ कि के हो? उहाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो।

५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिली लिनुभएको छ। ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै, कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ। मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ।
५२ प्रतिशत विद्यार्थी फेल हुँदा उहाँलाई आफूले गरेको कामप्रति अझै हामीहरूले ध्यान दिनुपर्छ होइन, म पढाउदिनँ तर मलाई दुख लाग्छ, नेपाली विद्यार्थीहरू यति धेरै ट्यालेन्ट छन्, उनीहरू दुर्गमबाट कसरी पढेका छन्, सबै विषयमा मान्छेको एउटै प्रतिभा हुँदैन, विषयगत प्रतिभा पनि हुन्छन्।