कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गर्नुभएको छ। आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि मुख्यमन्त्री कँडेलले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठुलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गर्नुभएको हो।
मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ। म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गर्नुहोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ।’
मुख्यमन्त्री कँडेलले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रियासमेत दिनुभयो।
धनकुटाको साँगुरीगढी गाउँपालिका– ४ र धरान उपमहानगरपालिका– ६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा रु. २० करोडमा स्काइवाक निर्माण गरिएको हो।
प्रतिक्रिया