अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु


कञ्चनपुर-कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो। उहाँका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन्।

दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लालमतीको घटनास्थलमै मृत्यु भएको हो। ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ, घटनाबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेका छौँ,’ बस्नेतले भन्नुभयो, ‘मृतक महिलाका श्रीमान चट्याङ लागेर गम्भीर घाइते छन् ।’