अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)


काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

शिक्षक महासंघसँग सहमति गरेसँगै १७ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुका मागलाई सम्बोधन गर्न विभिन्न निर्णयहरु गरेको छ। शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी विदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्नेलगायत ९ बुँदै निर्णय गरेको छ।