काठमाडौं-नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई २२ बुँदे मागपत्र बुझाएको छ।
आइतबार अर्थमन्त्रालय पुगेर अर्थमन्त्री पौडेललाई २२ बुँदे मागपत्र बुझाएको हो। संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आधारभूत सेवा सुविधा र सेवाका सर्तहरूमा एकरुपता कायम गर्न मागपत्रमा भनिएको छ।
एकीकृत ट्रेड युनियन अधिकार र अवरुद्ध वृत्तिविकासको ढोका खोल्न भनिएको छ। लामो समयसम्म पदोन्नति हुन नसकेको, मासिक तलबमान, मासिक ग्रेड वृद्धि जस्ता सेवा सुविधाबाट वञ्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरिएको छ।
यी विषयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ।
प्रतिक्रिया