अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोनपे आईसीटी क्षेत्रको सर्वाधिक करदाता घोषित, प्रधानमन्त्री ओलीद्वारा सम्मान पत्र प्रदान

फोनपे आईसीटी क्षेत्रको सर्वाधिक करदाता घोषित, प्रधानमन्त्री ओलीद्वारा सम्मान पत्र प्रदान


काठमाडौं-डिजिटल भुक्तानी सञ्जाल फोनपेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्थाका रूपमा सरकारबाट सम्मान प्राप्त गरेको छ।

८औँ राष्ट्रिय आईसीटी दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई सम्मान पत्र प्रदान गर्नुभयो। 

यो सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्द्धनमा गरेको योगदानको उच्च मूल्याङ्कन गरेको कम्पनीको भनाई छ।

‘फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याउँछ’ कम्पनीले भनेको छ, ‘डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैँ नगदरहित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय समावेशीकरण, र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको छ।’