काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते हुनुभएको छ।
खुमलटारस्थित निवासमा गएराति शौचालय जाँदा लडेर घाइते हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।
घाइते भएपछि उहाँलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो।
प्रतिक्रिया