अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ


काठमाडौं-राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा बस्नेतलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो।

बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएकाे प्रहरी परिसर काठमाडौँले जनाएको छ।

बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो। पक्राउका लागि प्रहरीले अदालतबाट अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए।