अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन समितिको बैठक बस्दै

आज तीन समितिको बैठक बस्दै


काठमाडौँ-संघीय संसदका तीनवटा समितिहरूको बैठक आज बस्ने भएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्य योजनाका बारेमा छलफल हुनेछ सचिवालयले जनाएको छ। 

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइको छ । बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ। 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। यो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस गरिने भएको छ।