अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमण गरी स्वदेश फर्किंदै

पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमण गरी स्वदेश फर्किंदै


काठमाडौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मुलुक चीनको १० दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै हुनुहुन्छ। राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै स्वदेश फर्किन लागेको हो। 

भण्डारीसहितको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ।

चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख (मन्त्रीसरह ओहोदाका) लिउ जियान्चाओ लगायतसँग भेटवार्ता गर्नुभएको थियो।