अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्राण्ड नेपाल २०२५’ को आवेदन खुल्ला  

सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्राण्ड नेपाल २०२५’ को आवेदन खुल्ला  


काठमाडौं-आगामी साउन १८ गते ललितपुरको पुलचोकस्थित द प्लाजामा ग्राण्ड फिनाले आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्राण्ड नेपाल २०२५’ को  आवेदन खुला भएको छ। 

नेपालकै प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस विभाका लागि इच्छुक प्रतियोगीहरूले यही जेठ ३२ गते (मे १५) भित्र आवेदन दिइसक्नुपर्ने छ। विजेताले विश्वकै शीर्ष सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने छ। साथै, विजेताले रु.२५ लाख रुपैयाँ मूल्य बराबरको हिराको ताज धारण गर्ने अवसर प्राप्त गर्ने छन्, जुन ओम ज्वेलर्सद्वारा विशेष डिजाइन गरिएको हो। 

सन् २०२० देखि सौन्दर्य प्रतियोगिता ‘मिस विभा’ आयोजना गर्दै आएको उमङ्ग क्रिएशनले प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको धारणा परिवर्तन गर्न सफल भएको जनाएको छ। संस्थाका प्रमुख उद्धव अधिकारीका अनुसार प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्ने छन्। उहाँले भन्नुभयो, ‘हामी विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउनु अघि विशेष प्रशिक्षण दिने गर्छौँ । नेपालले आज जुन गरिमामय उपस्थिति देखाइरहेको छ, त्यो उमङ्ग क्रिएशन सुरु नभएसम्म सम्भव देखिएको थिएन।’ 

आवेदनका लागि आवश्यक योग्यतामा कम्तीमा ५ फिट २ इन्च (१५७ से.मी) वा सोभन्दा माथि हाइट भएका १७ देखि २८ वर्षका अविवाहित युवतीहरू हुनुपर्नेछ । मिस ग्राण्ड इन्टरनेशनल’ले ‘स्टप द वार एन्ड भायोलेन्स’ भन्ने सन्देश बोकेको मिस विभामा व्यक्तित्व विकास, नेतृत्व क्षमता र सञ्चार सीपमा विशेष प्रशिक्षण, फेसन तथा मिडिया क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष सहकार्य, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सफल र सशक्त प्रतिनिधित्व, नेपाली पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइने जनाइएको छ।

यस प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतियोगीहरू सहभागी हुन्छन्। भव्य आयोजना, मिडिया प्रभाव र सामाजिक सन्देशका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा चिनिएको छ।