काठमाडौँ- प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । सोमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम विडारी सदस्यमा नियुक्त हुँदा प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन् । सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन् ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ । वि।सं। २०७८ जेठ २० गते बस्नेत अध्यक्षमा नियुक्त भएका थिए ।
प्रतिक्रिया