अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन


काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ। बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो।

बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरूपमा चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो।

गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटु सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ। चार्जिङ स्टेशनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूलाई ईभी गाडी चार्ज गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालन ल्याइएको बैंकको भनाइ छ।

बैंकका सञ्चालक शर्माले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभी सवारी साधन प्रवद्र्धनको पहलस्वरूप चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिनुभयो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ग्लोबल आईएमई बैंकले आफ्नो १८ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवारोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री योजनाहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताउनुभयो।