काठमाडौं-तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ सफतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको म्यारियट होटलमा आयोजना भएकाे डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो। बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा डिस्काेर्श सम्पन्न भएकाे हाे।
डिस्काेर्शमा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र रहेका थिए।
यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक सत्रमा सम्बन्धित निकायका व्यक्तित्वहरू सँग छलफल भएको थियो।
साथै, डिस्काेर्शमा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग बैंकिङ्ग समाचार डटकमका प्रवन्धक निर्देशक राजु ढुंगेलले ‘विशेष सत्र’ सञ्चालन गरेका थिए। जुन सत्रकाे नाम पूर्व अर्थमन्त्रीसँग वित्तीय सवाल रहेको थियो ।
साथै, बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलकाअनुसार डिस्कोर्शमा उठेका विषयलाई समेटेर प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाइनेछ । सत्रका छलफलका क्रममा भएको डिस्कोर्शमा सहभागीले जिज्ञासाहरू समेत राखेका थिए । डिस्कोर्शमा सहभागीहरुले समेत समयसापेक्ष यस्ता कार्यक्रम आयोजना हुँदा नीति निर्माता लगायत नियामकलाई नियमनमा समेत सहज हुने बताए ।
डिस्कोर्शको मुख्य प्रायोजकका रुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरु समेत रहेका छन्।
प्रतिक्रिया