काठमाडौं-सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।
शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गर्नुभयो। उहाँले विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै नभइ चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको बताउनु भयो।
न्यायाधीश मल्लले भन्नुभयो, ‘विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै होइन । यो चेतना जन्माउने थलो हो । बुद्धिमता सिर्जना गर्ने थलो पनि हो । सरकारी स्कुलमा गुणात्मक शिक्षा लगानी गर्ने र निजी स्कुलसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाइदिनु भयो भने तपाईंले भनेका सबै कुरा पूरा हुन्छन्।’
न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभुतिले सफल बन्न मदद्त पुग्ने बताउनु भयो ।
प्रतिक्रिया