काठमाडौं-नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले फोटो पत्रकार उमेश कार्कीमाथि आक्रमण गरेको घटनाप्रति डिजिटल मिडिया एलाइन्सको गम्भिर ध्यानाकर्षण भएको छ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कार्यालय परिसरमा समाचार संकलनार्थ क्यामेराबाट भिडियो खिचिरहँदा पत्रकार कार्कीमाथि वरिष्ठ अधिवक्ता थापाले अपशब्द गाली गर्दै दुव्र्यवहार गरेका थिए।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि न्याय क्षेत्रका जिम्मेवार व्यक्तिबाट भएको यो व्यवहार व्यावसायिक मर्यादाविपरीत हुनुका साथै पत्रकारीता माथिको आक्रमण भएको डिजिटल मिडिया एलाइन्सको ठहर रहेको छ।
जिम्मेवार पत्रकारले आफ्नो पेशागत धर्म निभाइरहेका बेला यो किसिमको हमला अस्विकार्य छ। यस्ता नदोहोर्याउनका लागि पनि थापाले यस घटनामा क्षमायाचना गर्न डिजिटल मिडिया एलाइन्स माग गर्दछ।

प्रतिक्रिया