अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा आज देखि विज्ञान प्रविधि प्रदर्शनी : पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने

झापामा आज देखि विज्ञान प्रविधि प्रदर्शनी : पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने


झापा-नेकपा एमालेले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रर्दशनीको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
झापाको विर्तामोड स्थित देवी माविमा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब ५० हजार स्कूले विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । विभागका प्रमुख गणेश पोखरेलका अनुसार सो प्रदर्शनी आज,भोली र पर्सीसम्म सञ्चालन गरिनेछ ।

कार्यक्रम उद्घाटन गर्न भण्डारी हिजै झापा पुग्नु भएको छ ।