अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित


काठमाडौ-प्रतिनिधिसभा बैठक बिहिबार २९ गते दिनको ३ बजेसम्मका लागि स्थगित भएको छ।

 भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूची हटाइएको जानवकारीसहित बिहीबार दिउँसो ३ बजे बस्नेगरी स्थगित गरेको जानकारी गराउनुभयो।

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ दिउँसो २ बजेका लागि डाकिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।