अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौंका पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहि ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

परियारविरुद्ध रु.४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। परियार हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन्।  

परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बसुन्धरादेखि म्हेपीसम्म (सामाखुसी करिडोर) को ढल निर्माण कार्यको ठेक्कामा बोल कबोलभन्दा बढी मूल्यलाई ठेक्का दिएको भन्दै उनीहरूविरुद्ध भ्रष्टाचार अभियोग लगाइएको छ।

उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको ठेक्का हालेका थिए भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो। उक्त प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो।

Skip This