अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल

देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ। 

कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरू अहिले कमी रहेको बताउनुभएको हो।

अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रूपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरूलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताउनु भयो। विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्न सके देश छिट्टै विकसित हुने उहाँको भनाई छ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘भूगोलका हिसाबले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं । संस्कृति, ऐतिहासिक, पुरातात्त्विक, दृष्टिकोणले हामी सम्पन्न छौं। त्यस अर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापि आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम,  व्यवसायका सिलसिलामा मानिसहरू एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरूलाई पौडेलले आह्वान गर्नुभयो। पुस्तकले अरूलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताउनु भयो।