अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक असार ५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक असार ५ गतेसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ। रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।

मंगलबार सभामुख देवराज घिमिरेले असार ५ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्।

प्रतिनिधिसभा बैठक काठमाडौँ, ३ असारः नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

सदन चलाउन सभामुख घिमिरेले आजै पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो।

सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ ।