अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः सुरेन्द्र पाण्डे

भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः सुरेन्द्र पाण्डे


काठमाडौं-पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ। 

काठमाडौंमा आयोजित हिजाे एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले साे कुरा बताउनुभएको हो। उपाध्यक्ष पाण्डेले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गर्नुभयो । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो । 

पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ। धेरै धनीहरु त यहाँ आउँदैनन्। तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन्। उनीहरुमै धेरै जनसंख्या छ। ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ। तर हामीसँग इन्फास्ट्रक्चर छैन। १० देखि १५ वर्ष लगातार ५० लाख भारत र ५० लाख चीनबाट पर्यटक आउने स्थिति बन्यो भने नेपालको अर्थतन्त्र के हुन्छ ? त्यो सम्भव छ। तर हामी ठूला कुरा मात्रै गरिरहेका छौँ । अबको हाम्रो दाबी पर्यटन, त्यसमा पनि छिमेकको पर्यटनमा हुनुपर्छ। अर्को कृषि नै हो।’

पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताउनु भयो ।