अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव दुवाडी

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव दुवाडी


काठमाडौं-गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ।

बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनु भयो । लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गर्नुभयो।

लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउनु भयो। लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको बताउँदै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको छ। बहुक्षेत्रीय असर छ। हाम्रो घर, समाज र समग्र मुलुकलाई अध्याँरोतर्फ लगिरहेको लागुऔषधलाई हामी सबै मिलेर नियन्त्रण गर्न जरुरी छ। हाम्रा देशका कर्णधारहरु लागुऔषधको कुलतमा फसेर अफ्ठ्यारोमा परिरहेका छन्। यसको असर ठूलो छ। यसले समाजमा हिंसा, हत्या, आत्महत्या, दुर्घटना बढिरहेको छ। साइबर अपराधहरु बढाइरहेको छ। यी कुराहरु हामी सबै मिलेर रोक्नुपर्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको कर्तव्य हो। यो कुरामा एकल प्रयासले मात्र सम्भव छैन। यस कार्यमा तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्छ।’

गृहसचिव दुवाडीले सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न कानूनी प्रावधानहरु बनाइ काम गरिरहेको बताउनु भयो । लागुऔषध नियन्त्रण सरकारको प्राथमिकताको क्षेत्र भएको बताउनु भयो ।