अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सक्रिय राजनीतिमा फर्किने विद्या भण्डारीको घोषणामा के छ ? (पूर्णपाठ)

एमालेको सक्रिय राजनीतिमा फर्किने विद्या भण्डारीको घोषणामा के छ ? (पूर्णपाठ)


काठमाडौं-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नुभएकाे छ।जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गर्नुभएकाे हाे।

उहाँले भन्नुभयाे, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन।’

उहाँले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताउनुभयाे ।उहाँले भन्नुभयाे, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन। आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु।’

हेर्नुहोस् भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणाको पूर्णपाठ: