मकवानपुर-बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ ।
प्रतिक्रिया