अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनै तहका सरकारको सामर्थ्य बढाउनका महासचिव पोखरेलका सात सुझाव

तीनै तहका सरकारको सामर्थ्य बढाउनका महासचिव पोखरेलका सात सुझाव


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनका लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामथ्र्य बढाउन आग्रह गर्नुभएको छ। महासचिव पोखरेलले सरकारलाई सामथ्र्य बढाउनका लागि सातवटा सुझाव दिनुभएको छ।

आज विहान सामाजिक सञ्जालमा लेख्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामथ्र्य बढाउने पहिलो प्रयास हुने उल्लेख गर्नुभएको छ। यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उहाँले तीनै तहका सरकारलाई सुझाउनु भएको छ।

महासचिव पोखरेलले तोकिएको समयमा योजना अनुसारको कार्यसम्पादनमा जोड दिन पनि उहाँले आग्रह गर्नुभएको छ। महासचिव पोखरेलले सरकारहरुले सुचना प्रविधिको अधिकत्तम प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुझाव दिनुभएको छ। यसैगरी मागमा आधारित भन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि पोखरेलले जोड दिनुभएको छ।

महासचिव पोखरेलले सरकारहरुले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ।

यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ।