अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द


काठमाडौं- सवारी चालक अनुमतिपत्रको प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो।  

‘असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा ‍(ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ’ सार्वजनिक सूचनामा उल्लेख छ।