अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्ला राष्ट्रिय राजमार्गसँग जोडियो,प्रधानमन्त्रीले आज खार्पुनाथको बेलीब्रिज उद्घाटन गर्नुहुने

हुम्ला राष्ट्रिय राजमार्गसँग जोडियो,प्रधानमन्त्रीले आज खार्पुनाथको बेलीब्रिज उद्घाटन गर्नुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथमा रहेको बेलीब्रिज उद्घाटन गर्दैहुनुहुन्छ ।
कर्णाली करिडोर अन्तरगत खार्पुनाथ गाउँपालिका ५ मा रहेको चुवाखोलाको बेलीब्रिज प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री ओली सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रक्षामन्त्री मानवीर राई,प्रधानसेनापति अशोक सिग्देल पनि पुल उद्घाटनका लागि सुर्खेत हुँदै हुम्ला जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली हुम्लाका लागि बिहान ८.३० बजे काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो पुल उद्घाटनसँगै नेपालका सबै ७७ वटै जिल्ला राष्ट्रिय राजमार्गसँग जोडिएका छन् । केहीदिन अघि प्रधानमन्त्री ओलीले हुम्ला राष्ट्रिय राजमार्गसँग जोडिन लागेकोमा खुशी व्यक्त गर्नुभएको थियो । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो हुम्लाको सदरमुकामा सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक पुर्याउने दशकौं पुरानो सपना पुरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।
‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ रोडका रुपमा रहेको कर्णालीका करिडोरलाई त्रिदेशीय मार्ग पनि भनिन्छ । यो सडक लुम्बिनी प्रदेशको बाँके स्थित सिमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्ला स्थित चीनको सिमावर्ती क्षेत्र हिल्सा क्षेत्रमा टुंगिन्छ । २३ वर्ष अघि निर्माण सुरु भएको यो सडक प्रदेश राजधानी वीरेन्द्रनगर देखि ४१० किलोमिटर लामो छ । यसले कर्णालीका सुर्खेत,दैलेख,कालिकोट,सुदुरपश्चिमको बाजुराहुँदै हुम्लालाई जोड्दछ ।