काठमाडौं-नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै पनि मतभेद नरहेको बताउनुभएको छ।
आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महासेठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबी कुनै मतभेद नरहेको बताउनु भएको हो।
सचिव महासेठले भन्नुभयो, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ पत्रपत्रिका र मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन। अध्यक्ष ओली र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन। बजार हल्ला मात्र हो, त्यसैले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्न चाहान्छु।’
प्रतिक्रिया