अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो।

‘आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन। आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ’, प्रधानमन्त्रीले लेख्नुभएको छ। 

आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ ।