काठमाडौं- कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा रहेको चुवाखोलाको निर्माण बेलीब्रिज पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतबाट हुम्लाका लागि प्रस्थान गर्नुभएको छ।
बेलीब्रिज उद्घाटन गर्न आज बिहान साढे ११ बजे सुर्खेत पुग्नभएका प्रधानमन्त्री ओली चार घण्टापछि सुर्खेतबाट हुम्लाका लागि प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली र प्रधानसेनापति अशोक सिग्देल आज बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । तर, कालिकोट खण्डको मौसममा सुधार नआएपछि उडान हुन सकेको थिएन। मौसममा सुधार आएपछि दिउँसो प्रधानमन्त्री ओलीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाका लागि उडेको हाे।

प्रतिक्रिया