हुम्ला-छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाउनुभयो। सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न चुवाखोला बेलिवृज पुलको उद्घाटन गर्न खार्पुनाथको खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताउनुभयो। हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने बताउनुभयो। पुल उद्घाटनपछि क्वारेन्टाइन स्थापना हुने उहाँको भनाइ थियो।

यस्तै रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि खुसी व्यक्त गर्नुका साथै नेपाली सेनाको प्रसंसा समेत गर्नुभएको थियो।
सिमकोट सडकसँग जोड्नका लागि आफुलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनीतिक दलहरुको संयुक्त ज्ञापन पत्र र उपमहासचिव ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताउनुभयो। हुम्ला सडकसँग जोडिएपछि खुसी भएको छु। खुसी मात्र नभइ यहाँका नागरिक हरेक पहुँचमा सहजै पुग्ने भएका छन्।

त्यसै गरि आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताउनुभयो। सुरुवातीमा आफुले पहल गर्नुका साथै अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठुलो रहेको ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले अब हुम्ला विकासको बाटो खुलेको खुलासा गर्नुभयो ।’आजदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ।’

४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराए पछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालिन रुपमा भए पनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो।
खार्पु नदीमा निर्माण भएको पुल उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताउनुभयो।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली र प्रधानसेनापति अशोक सिग्देल पनि सँगै हुम्ला पुग्रनुभएकाे थियाे।
प्रतिक्रिया