काठमाडौं-भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र रातो मच्छिन्द्रनाथको मूर्ति उपहार दिएका छन्।
सोमबार नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बाकसभित्र राखिएको रुद्राक्षको माला र रातो मच्छिन्द्रनाथको मूर्ति मोदीलाई प्रदान गरेका हुन् । साथै, पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन पनि प्रसादस्वरूप उपहार दिएका छन् ।
उपहार आदानप्रदानका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल प्रदान गरेका थिए ।
उपहार साटासाटपछि दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको थियो ।



प्रतिक्रिया